फाइल तस्वीर

अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट ४ करोड निको, ५ लाखको मृत्यु,

By खबरहब

February 04, 2022

काठमाडौँ –भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा थपिनेभन्दा संक्रमण मुक्त हुने एक करिब एक लाख बढी छन् । २ लाख ३५ हजार १०० जना निको भएका हुन् ।

एक दिनमा मृत्यु हुनेको संख्या भने एक हजार एक सय रहेको छ। यससँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ८७ पुगेको छ ।

भारतमा हालसम्म ४ करोड १९ लाख ५० हजार ५०१ जना संक्रमित भएका छन् भने तीमध्ये ४ करोड ५ हजार ५१४ जना निको भइसकेका छन् ।

भारतमा अहिले सकृय संक्रमितको संख्या १४ लाख ४४ हजार ९ सय छ ।