खेलकुद

क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा, उपाधिका लागि सेनेगलसँग भिड्ने

By खबरहब

February 04, 2022

काठमाडौँ – अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगल र इजिप्ट खेल्ने भएका छन् । फाइनल खेल पर्सि आइतबार हुनेछ ।

बिहीबार राती भएको दोस्रो सेमिफाइनलमा आयोजक क्यामरुनलाई पेनाल्टीमा ३–१ गोल अन्तरले हराउँदै इजिप्ट फाइनलमा पुगेको हो ।

निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ ३३ वर्षिय गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई पेनाल्टी बचाएका थिए ।

यसअघि सेनेगलले बुर्किना फासोलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । यो फाइनललाई लिभरपुलका स्टारद्धय साडियो माने र मोहम्मद सलाहको भिडन्तको रुपमा हेरिएको छ । मानेकै गोलमा सेनेगल फाइनल पुगेको थियो भने इजिप्टको जितमा सलाहले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

लिभरपुललाई प्रिमियर लिग र च्याम्पियन्स लिग जिताइसकेका यी दुवै खेलाडी आफ्नो देशलाई उपाधि दिलाउन चाहन्छन् ।