रोचक/विचित्र संसार

रेलको लिकमा आगो लागेको तस्बिर भाइरल, किन लगाइयो आगो ?

By खबरहब

February 04, 2022

सामाजिक सञ्जालमा दैनिक करोडौँ तस्बिर पोष्ट हुन्छ, त्यसमध्ये केही तस्बिर भाइरल हुन्छन् । यस्तैमा रेलको लिकमा आगो लागेको एक तस्बिर भाइरल बनेको छ ।

अमेरिकाको शिकागोमा रेलको लिकमा आगो लागेको तस्बिर सामाजिक सञ्जालमा निकै चर्चामा छ । कम्प्युटर रेल सिस्टम मेट्रोले पोस्ट गरेको तस्बिरमा शिकागोमा रेलको लिकमा  आगो बलेको देख्न सकिन्छ । तर रेलको लिकमा आगो किन लगाइयो त ?

शिकागोको महानगरीय क्षेत्रको रेलको लिकमा स्टन्ट वा तस्बिर छायाङ्कनका लागि नभई सुरक्षित रूपमा भीषण चिसोबाट बच्न आगो लगाइएको हो । अत्यधिक चिसोका कारण लिकको स्टील खुम्चिएको थियो जसका कारण रेलको चक्कामा ब्रेक लाग्न सक्थ्यो । साथै लिकको धातुको तापमान सामान्य राख्न पनि लिकमा आगो लगाइएको हो । आगोले धातु नरम भएपछि रेल सहजै चल्न सक्यो ।