अन्तर्राष्ट्रिय

आइएसका नेता मारिएको अमेरिकाको दाबी

By खबरहब

February 04, 2022

काठमाडौँ – अमेरिकाले इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको दाबी गरेको छ।

उत्तरी सिरियामा अमेरिकाले बिहीबार मध्यरात गरेको कारबाहीबाट आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशीले आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई उनी लुकेको स्थानमा घेरा हालेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडनले इब्राहिमको मृत्युसँगै विश्व ठूलो आतङ्कवादी खतराबाट मुक्त भएको बताएका छन्।