आर्थिक

घट्यो सुन र चाँदीको मूल्य

By खबरहब

February 04, 2022

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाले घटेर एक हजार २५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।