आज विश्व क्यान्सर दिवस मनाइँदै

By खबरहब

February 04, 2022

आज विश्व क्यान्सर दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘क्यान्सर उपचारमा रहेको ग्याप हटाउँ’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक वर्ष करिब एक करोड ८० लाख मानिसमा क्यान्सर रोग लाग्ने गर्दछ । तीमध्ये ८५ लाख महिला छन् ।

संगठनको आह्वानमा हरेक वर्षको फेब्रुअरी चार तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।