समाचार

टावरमा समस्या आएपछि गौतम बुद्ध विमानस्थल बन्द

By खबरहब

February 04, 2022

रुपन्देही– टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।

विमानस्थलनजिक चट्याङ परेका कारण टावरमा समस्या आएको हो । शुक्रबार वर्षा र हावासँगै विमानस्थलनजिकै चट्याङ परेको थियो । टावरमा समस्या देखिएपछि अपराह्नदेखि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार करिब चार बजे परेको चट्याङ्गका कारण टावरमा धुँवा आएको थियो । यसका साथै टावरको तार चुँडिएको र रन वेको पापी (पीएपीआई) लाइट बिग्रेपछि विमानस्थल बन्द गर्नु परेको दाहालले जानकारी दिए ।

विमानस्थल बन्द भएपछि यात्रुलाई समस्या भएको छ ।