समाचार

सुदूरपश्चिमःसङ्क्रमितभन्दा निको हुने दोब्बर

By खबरहब

February 04, 2022

कैलाली– सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर बढी रहेको छ । शुक्रबार यस प्रदेशमा १२५ मा सङ्क्रमण पुष्टि हुँदा निको हुनेको सङ्ख्या भने ३२६ रहेको छ । यो सङ्ख्या दोब्बरभन्दा बढी हो ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार ५९को नमूना परीक्षण गर्दा १२५ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत ४८ र एन्टीजेनमार्फत ७७ जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ३२६ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

यसअघि बिहीबार यस प्रदेशमा १७२ मा सङ्क्रमण पुष्टि हुँदा २२४ निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२५ को ज्यान गइसकेको छ ।