समाचार

सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुई जनाको मृत्यु, उद्धार कार्य जारी

By खबरहब

February 04, 2022

सुनसरी– सुनसरीको लौकहीमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ लौकहीको खुनियामा काकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना. ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ५ ख २९९६ नम्बरको ट्रक ठोक्किएका हुन् ।

ठक्करसँगै गाडीमा आगलागीसमेत भएको थियो । आगलागीमा जलेर दुई जनाको मृत्यु भएको हो ।

मृतक दुवै बसमा सवार व्यक्ति भएको सुनसरी जिल्ला प्रहरीका सूचना अधिकारी नरेन्द्र कार्कीले खबरहबलाई बताए । बसमा भएका यात्रुको खोजी भइरहेको छ । मृतकको संख्या बढ्न सक्ने उनले बताए ।