तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

लकडाउनमा पार्टी गरेपछि बेलायती प्रधानमन्त्री जोनसनका टिमका सदस्यले धमाधम राजीनामा दिँदै

By खबरहब

February 04, 2022

काठमाडौँ– बेलायती के प्रधानमन्त्री बोरिस जोनसनको टीममा राजीनामा बुझाउने संख्या बढेको छ । उनका नीति सलाहकार एलीना नारोजास्कीले राजीनामा दिनेको सूचीमा नाम थपिएको हो । यस अघि प्रधानमन्त्री आवासका चार वरिष्ठ कर्मचारीले राजीनामा दिएका छन् ।

राजीनामाका बीच शुक्रबार प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो टीमसँग परिवर्तन राम्रो भएको बताए ।

जोनसन आफ्नो प्रधानमन्त्री पद जोगाउन लगातार संघर्ष गरिरहेका छन् । लकडाउनका क्रममा प्रधानमन्त्री निवासमा भएको पार्टीमा सहभागी भएको विषयलाई लिएर कन्जर्वेटिभ पार्टीका सांसद उनलाई पदबाट हटाइने छ या छैन भन्नेबारे बहस गरिरहेका छन् ।