राशिफल

आज २०७८ साल फागुन २० गते शुक्रबारको राशिफल

By खबरहब

March 04, 2022

काठमाडौँ – आज २०७८ साल फागुन २० गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

फागुन २० गते शुक्रबार

मेष : आम्दानी बढ्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा यथावत रहेपनि राजनीतिक क्षेत्रमा प्रशंसा कमाउने योग छ। स्वास्थ्यमा भने गढबढी देखिन्छ।

वृष : दिन सामान्य छ। बोलीमा ख्याल गर्नुपर्नेछ। बोलीका कारण मित्रहरु टाढा हुनेछन्। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक क्षेत्र सुमधुर रहनेछ।

मिथुन : दिन राम्रो छ। लगानीको प्रतिफल पाइनेछ। खर्च बढ्नेछ। प्रेम बढ्नेछ। धर्मकर्म गरेमा सफलता मिल्नेछ।

कर्कट : दिन राम्रो छ। परोपकार गरेका कामहरु बन्नेछन्। शत्रु पराजित हुनेछन्। वैदेशिक लगानीमा ठूलो उन्नती हुनेछ।

सिंह : दिन सामान्य राम्रो छ। रोगबाट छुटकारा मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले फाइदा मिल्नेछ। पठनपाठनमा रुची बढ्नेछ। आफ्नो कामका लागि आफै अघि सर्नुपर्ने देखिन्छ।

कन्या : दिन सामान्य छ। तपाईको बौद्धिकताको प्रशंसा हुनेछ। शिक्षा, स्वास्थ, सामाजिक क्षेत्र राम्रो छ। अरुका कुरा सुन्नुभयो भने फाइदा मिल्नेछ।

तुला : दिन सामान्य राम्रो छ। रोगले भने सताउने छ। परिवारमा झगडा गराउनेहरु सक्रिय भएकाले चनाखो बन्नुपर्नेछ।

वृश्चिक : दिन सामान्य छ। परिवारले शंका गर्नेछन्। प्रतिस्पर्धीले चलखेल गर्ने देखिन्छ। प्रभाव राम्रो भएकाले ढुक्क भएर अघि बढ्दा सफलता मिल्नेछ।

धनु : दिन सामान्य रहेको छ। जीवनका समस्याहरु निवारण हुनेछन्। बोल्दा ख्याल गर्नुहोला। थोरै सतर्कता नअपनाए गम्भीर आरोप लाग्नसक्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

मकर :दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। बोलीबाट धेरै मानिस प्रभावित हुनेछन्। कार्यतालिका बनाएर काम गर्दा सफलता मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। बोल्दा र गफ गर्दा सतर्कता अपनाउनुहोला। साथीभाइले ल्याएको प्रस्ताव स्वीकार गर्नुहोला। यसले आफ्नो भलो हुनेछ।

मिन : दिन राम्रो छ। धेरै क्षेत्रमा राम्रो प्रभाव रहेकाले दैनिकी परिवर्तन गर्नुपर्नेछ। दैनिकी परिवर्तन गर्दा दीर्घकालीन योजना बनाउनुहोला। खर्च बढ्नेछ। लगानीमा ख्याल गर्नुहोला।