फाइल फोटो

समाचार

आजको मौसम : पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

By खबरहब

March 04, 2022

काठमाडौँ – देशका उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ भने पहाडी भूभागमा आंशिक बदली भएको छ ।

देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहने आँकलन गरिएको छ ।