बीबीयन मेन्टल स्पे, एक स्नो बोर्डर। धेरैले नसुनेको यो नाम संसारका अन्य धेरै खेल महारथीकै सापेक्षमा हेर्दा यो नाम सामान्य लाग्नसक्छ। तर, यी महिलाको जीवनको बहादुरीका कथा सुन्नेका लागि भने उनी अझै प्रेरणाको श्रोत बन्ने छिन्।
हिमाल चढ्दा उनलाई आनन्द आउँथ्यो। अन्य आरोहीसमेत उनीसँगको ख्याल ठट्टामा रमाएर धेरै पटक शिखरमा पाइला टेके पनि। जोखिम मोल्न रुचाउने उनको अनौठो आदत पनि थियो।
विन्टर ओलम्पिक खेल समावेसीकरणको नयाँ चरणमा प्रवेश गर्दा उनी एक जिम्मेवार शक्ति थिइन्। थुप्रै स्वास्थ्य प्रतिकुलताका बाबजुद खेलकुदमा अनेकौँ सफलता पाएकै कारण उनी संसारका धेरै मानिसका लागि प्रेरणाको श्रोत पनि बनेकी छिन्। ४८ वर्षको उमेरमा देह लीला त्यागेकी तिनै बीबीयनको पहिलो वार्षिक तिथिको केही दिन अगाडि मात्र बेइजिङको सन् २०२२ को शितकालीन ओलम्पिक सकिएको थियो।
‘उनी कहिले पनि मृत्युसँग पनि डराइनन्’, उनका श्रीमान् एडवीन स्पेले श्रीमतीको बहादुरीको बारे बताए, ‘उनी आफ्नो प्यारो व्यक्तिलाई छाडेर जान खुवै डराउँथिन्। खासमा उनको छोरालाई छाड्न। तर, मर्नसँग भने उनी अन्तिम साता, अन्तिम दिन र अन्तिम घण्टासम्म पनि डराइनन्।’
बीबीयनले सबैलाई माया गर्थिन। यस कारण उनले संसारबाट नै माया पाइरहिन्। दिवङ्गत श्रीमतीलाई सम्झँदै एडविन भन्छन्, ‘उनले जीवन रोजिन्। आफ्नै नजरको उत्कृष्ट भर्सनमा उनी बाँचिन्। यही नै उनको बारे यथार्थ हो।’
नेदरल्यान्डको विल्ट होभनमा मेन्टल स्पेले स्थापना गरेको र अहिले एडवीनले सञ्चालन गरिरहेको च्यारीटी अफिस छ। त्यही च्यारिटी अफिसबाट सञ्चालन हुने हरेक कार्यक्रमले मेन्टल स्पे अझै जीवित रहेको आभास गराउँछ। त्यही च्यारिटी अफिसमा रहेको पोट्रेयट तस्बिरमा आँखा परेपछि एडवीनको आँखा भने अहिले पनि रसाउँछ।’
बीबीयनले सबैलाई माया गर्थिन। यस कारण उनले संसारबाट नै माया पाइरहिन्। दिवङ्गत श्रीमतीलाई सम्झँदै एडविन भन्छन्, ‘उनले जीवन रोजिन्। आफ्नै नजरको उत्कृष्ट भर्सनमा उनी बाँचिन्। यही नै उनको बारे यथार्थ हो।’
२९ मार्च २०२१ मा यो संसार छाडेकी मेन्टल खेल क्षेत्रमा र त्यो भन्दा बाहिरी दुनियाँमा प्राप्त गरेको सफलता, सत्कार्य र उपलब्धिका लागि सधैँ अमर रहनेछिन्।
सन् २००२ को सोल्टलेकको शीतकालीन ओलम्पिकबाट मेन्टलको सनसनीपूर्ण पारा ओलम्पिक यात्रा सुरु भएको हो। त्यसै ओलम्पिकबाट तयार भएको पथमा पाइला बढाउँदै उनले आफूलाई मिथक खेल व्यक्तित्वको रूपमा स्थापित गर्न सफल भइन्।
युवा अवस्थामा सफल खेलाडी उनी स्नो बोर्डरको ६ पटकको डच राष्ट्रिय च्याम्पियन भइन्। २९ वर्षको उमेरमा दायाँ गोडामा बोन क्यान्सर भएको पुष्टि भएपछि उनको जीवनको खुसी एकाएक खोसिएको थियो। उपचारकै क्रममा कठोर निर्णय आवश्यक रहेको प्रस्ट भएको थियो। उनले जीवन रोजिन्। यसका लागि बायाँ गोडाको भरमा बाँकी जीवन बिताउने कठोर निर्णय पनि गरिन्।
यो त्यही घटना थियो , जहाँबाट उनको स्वास्थ्य शरीर रोगले थलिन थालेको थियो। एकपछि अर्को अस्वाभाविक अवस्था देखिएको थियो। थुप्रै औषधि उपचारमा उनी व्यस्त रहनु परेको थियो। त्योसँगै संसारमा रहेका धेरैका लागि प्रेरणाको श्रोत बनेकी उनको जीवनको बहादुरीको कथा पनि सुरु भएको थियो। जुन कथाले संसारका लाखौँ मानिसलाई अहिले पनि प्रेरणा दिन्छ।
एउटा गोडा नभए पनि सातौँ पटक राष्ट्रिय च्याम्पियनको ताज पहिरिएपछि उनी संसारका लाखै अपाङ्गका लागि थप प्रेरणाको श्रोत बनेकी थिइन्।
एउटा गोडा नभए पनि सातौँ पटक राष्ट्रिय च्याम्पियनको ताज पहिरिएपछि उनी संसारका लाखै अपाङ्गका लागि थप प्रेरणाको श्रोत बनेकी थिइन्।
‘आफू क्यान्सर भएर एउटा गोडा गुमाएपछि पनि च्याम्पियन हुन पाएकोमा उनलाई गर्वको महसुस थियो,’ एडवीनले भने । एडवीनकै अनुसार यसपछि उनै जीवनको नयाँ यात्राका लागि उनलाई जोस चलेको थियो।
यसपछि नै मेन्टलले पारा ओलम्पिक खेलमा स्नो बोर्डिङ समावेश गर्न आवाज उठाउन सुरु गरिन्। यो आवाजले १० वर्षपछि मात्र सार्थकता पाएको थियो।
यो नयाँ इभेन्ट आफैमा वामे सर्दै गरेको अवस्थामा थियो। मेन्टल जस्ता अन्य धेरै खेलाडी त थिए। तर, सामान्य नियम र मान्यता तयार गर्नु नै थियो। भौतिक संरचना निर्माण गर्न पनि बाँकी नै थियो। यस अगाडि विश्वव्यापी प्रतियोगिता पनि भएका थिएनन्। यसका लागि संसारमा रहेका पारा एथलेट आफै सक्रिय रहे। उनीहरूले नै वर्ल्ड कप र्सक्युट आयोजना गरे। प्रायोजक खोजे। लगातार यसको बारे लबिङ गरेर धेरैको आँखामा यसलाई राखिराखे उनलाई विश्वास थियो की उनको खेल संसारको धेरै जनाका लागि छलफलको विषय बन्ने छ।
मेन्टलको जीवनमा एउटा महत्त्वपूर्ण विषय रोज्नु पर्ने दिन आएको थियो। उनका लागि सपाङ्गसँग मात्र खेल्ने एउटा अवसर थियो। सपाङ्गसँग खेलेको भए पनि उनले परिणाम आफ्नो पक्षमा पार्न सक्थिन्। तर अन्य अपाङ्गका लागि बाटो बन्द हुन सक्थ्यो। किनकी सबैमा उनमा जति क्षमता थिएन।
यस कारण उनले अपाङ्गसँग मात्र खेल्न थालिन्। जसका कारण अपाङ्गको भिन्न स्पर्धा आयोजना हुनुपर्ने उनको आवाजले बल पाउँदै गयो।उनी र अन्य अपाङ्गता भएका स्नो बोर्डरहरूका लागि यो चुनौती पूर्ण यात्रा थियो। त्यत्तिकै अर्थपूर्ण पनि।
हरेक समय जब उनी अप्रेसनका लागि तयार हुन्थिन्, उनलाई थाहा हुन्थ्यो यो उनको जीवनको अर्को खराब तीन महिना हो। तर, यो समय लम्बिएर धेरै महिना वा वर्ष पनि हुन सक्ने कुराको उनलाई राम्रोसँग जानकारी थियो।
लगातार आठ वर्षको लडाइँपछि उनले सन् २०१४ को सोची ओलम्पिकमा पारा स्नो बोर्डर समावेश गराइने कुरा फोनबाट सुनेकी थिइन्। यही आठ वर्षको अवधिमा मेन्टल स्पेको जीवनमा बारम्बार क्यान्सर फर्किएको थियो। थुप्रै पटक अप्रेसन गरेकी थिइन्। उनको फोक्सोमा समेत क्यान्सर देखिएर अप्रेसन गर्नु परेको थियो। यसका बाबजुद उनी आफ्नो गति र यात्रामा कहिले पनि डगमगाइनन्।
हरेक समय जब उनी अप्रेसनका लागि तयार हुन्थिन्, उनलाई थाहा हुन्थ्यो यो उनको जीवनको अर्को खराब तीन महिना हो। तर, यो समय लम्बिएर धेरै महिना वा वर्ष पनि हुन सक्ने कुराको उनलाई राम्रोसँग जानकारी थियो।
लामो प्रयाससहित पहिलो पटक सोचीमा समावेश स्पर्धामा फ्रान्सकी सेसेली हर्नान्डेज र अमेरिकाकी पर्डीलाई पछि पार्दै उनी स्वर्ण पदक जित्न सफल भइन्।
पहिलो पारा ओलम्पिक स्वर्ण पदक जितेको समयमा त उनलाई पहिलो पटक क्यान्सरसँगको लडाइँ जितेको भन्दा बढी खुसी मिलेको थियो। यी सारा अभियान र सफलताका लागि सोचीको खेलमा मेन्टललाई विशेष पुरस्कारसमेत दिइएको थियो।
उनका श्रीमान् र आफन्तका लागि उनले जितेको स्वर्ण भन्दा उनको अभियान र मेन्टल फाउन्डेसनले गरेको काममा बढी गर्व छ।
सन् २०१२ मा नै उनी आफै बिरामी थिइन्। त्यसै समयमा उनले नेदरल्यान्डमा रहेका थुप्रै अशक्तलाई सहयोग मात्र गरेकी थिइनन्, उनको कुरा सुनेर धेरै जना जीवनप्रति सकारात्मक पनि भएका थिए।
उनको यो अभियान मृत्यु पर्यन्त कायम थियो। मर्नु भन्दा एक साता अगाडि ह्विल चियरमा बसेर जुम प्रविधिमार्फत उनले आफ्नो अभियानलाई अगाडी बढाएकी थिइन्।
सन् २०१२ मा नै उनी आफै बिरामी थिइन्। त्यसै समयमा उनले नेदरल्यान्डमा रहेका थुप्रै अशक्तलाई सहयोग मात्र गरेकी थिइनन्, उनको कुरा सुनेर धेरै जना जीवनप्रति सकारात्मक पनि भएका थिए।
उनको मृत्यु पर्यान्त मेन्टल फाउन्डेसनको काम जारी नै छ। युवालाई स्नो बोर्डिङको प्रशिक्षण चलाइएको छ। प्रशिक्षण दिइन्छ। साथै खेल्नका लागि सामग्रीको सहयोग पनि गर्ने गरिएको छ।
त्यसै फाउन्डेसनले पर्वतारोहणको प्रशिक्षण दिन्छ। खेलकुदमा सहयोग गर्छ । जीवन सम्बन्धी सकारात्मक सोचाइ राख्नका लागि पनि प्रशिक्षित गराउने गर्छ।
बिबियनको जिन्दगीमा बोर्डिङको ठूलो स्थान थियो। यसै कारण स्नो बोर्डिङ , सर्फीङ, स्केट बोर्डिङ तथा स्ट्यान्ड अप प्याडल बोर्डिङलाई प्राथमिकतामा राखेर मेन्टल फाउन्डेसनले प्रशिक्षण दिनेगर्छ। अहिले यी खेलको प्रभाव संसारका बढ्दो छ। साथमा मेन्टल फाउन्डेसनको सार्थकता दिन दिनै बढी नै रहेको छ।
अपाङ्ग होस या सपाङ्ग, खुसी साथ बाच्न पाउने अधिकार सबैको हुन्छ भनेर सबै अपाङ्गता भएकाको खुसीका लागि जीवन समर्पित गरेकी उनले जीवनमा सबैलाई प्रेम गरिन्। यसैको फल हो कि उनको निधन भएको समाचार प्रकाशमा आएसँगै हजारौँ जना सडकमा आएर उनी प्रति श्रद्धाञ्जली अर्पण गर्न तयार भएका थिए।
उनको जीवनका बहादुरीको कथा सुन्नेका आङ जहिले पनि सिरिङ हुन्छ। दोस्रो पटक पारा ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्नु भन्दा अगाडि मात्र उनको घाँटीमा क्यान्सर देखिएको थियो। एक साता अगाडि घाँटीको अप्रेसन गर्दै नक्कली अङ्ग राखेर उनी खेलका तयार भएकी थिइन्।
घरमा बसेर मृत्यु पर्खनु भन्दा सक्रियताले जीवन लम्ब्याइरहेकोमा उनी सधैँ प्रस्ट थिइन्। पीयाङचाङमा दोस्रो स्वर्ण पदक जितेपछि भने मेन्टल प्रतियोगितामा भन्दा बढी च्यारिटीमा केन्द्रित भएकी थिइन्।
उनका जीवनका यस्ता धेरै दिन छन्। बाच्नका लागि गरेको सङ्घर्षका धेरै लामो कथा छ। मृत्यु भन्दा दुई वर्ष अगाडि मात्र चिकित्सकले उनको धेरै लामो समय बाँकी नभएको जानकारी गराइ सकेका थिए।
घरमा बसेर मृत्यु पर्खनु भन्दा सक्रियताले जीवन लम्ब्याइरहेकोमा उनी सधैँ प्रस्ट थिइन्। पीयाङचाङमा दोस्रो स्वर्ण पदक जितेपछि भने मेन्टल प्रतियोगितामा भन्दा बढी च्यारिटीमा केन्द्रित भएकी थिइन्।
मृत्युको केही दिन अगाडि जोन क्रुफ फाउन्डेसनबाट उनी सम्मानित भएकी थिइन्। यसबाट उनलाई ऊर्जा मिलेको थियो। यसले केही गर्न उनलाई जाँगर चलाएको थियो। उनले प्रशिक्षण गराएका लिसा बोन्च्सचटन र क्रिस भोस दुवैले पारा ओलम्पिक खेलकुदमा स्वर्ण जिते। उनका शिष्य नेदरल्यान्डमा यत्रतत्र छन्। मेन्टल फाउन्डेसनको प्रभाव छ।
उनको वार्षिक पुण्य तिथि नजिकिँदै छ। यस संसारमा नरहे पनि संसारका धेरैका लागि बहादुरी पूर्वक बाच्नका लागि प्रेरणाकी श्रोत बनेकी उनीप्रति नतमस्तक हुने र उनको नाम लिँदा पनि शिर निहुराउनेको सङ्ख्या संसारमा धेरै छन्। एजेन्सीको सहयोगमा