समाचार

प्रेस चौतारी गण्डकी अध्यक्षमा पौडेल चयन

By खबरहब

March 04, 2022

पोखरा – प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्षमा इन्द्र पौडेल चयन भएका छन् ।

बिहीबारबाट पोखरामा सुरु भएको प्रदेश अधिवेशनले पोडेल नेतृत्वमा कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा उमाकान्त शर्मा र उपाध्यक्ष (महिला) रोशनी गुरुङ चयन भएका छन् । आश गुरुङ महासचिव बन्दा सचिवको जिम्मेवारी कमल सुवेदीले पाएका छन् ।

भविश्वर पाण्डे कोषाध्यक्षमा चयन भएका छन् ।