माओवादी पार्टी कार्यालय । फाइल तस्बिर

राजनीति

माओवादीको केन्द्रीय कमिटी बैठक २ घण्टा सारियो

By खबरहब

March 04, 2022

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दुई घन्टा धकलिएको छ ।

आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको माआवादी संसदीय दलका नेता देव गुरुङले जानकारी दिए ।

नेताहरू आन्तरिक छलफलमा रहेका कारण बैठक धकेलिएको हो । राष्ट्रियसभा गृहमा बस्ने बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरूबीच खटपट भएको छ ।

नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् ।

शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पनि यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ ।