फाइल फोटो

आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

By खबरहब

March 04, 2022

काठमाडौँ – सुनको साताको अन्तिम दिन आज (शुक्रबार) प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ ।

शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ ।

चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ ।