तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

तिब्बती आन्दोलन दिवसमा ताइवानमा विशाल प्रदर्शन गरिने

By खबरहब

March 04, 2022

काठमाडौं– तिब्बती तथा अन्य अधिकार समूहहरुले चीनविरुद्ध प्रदर्शन गर्ने भएका छन् । ताइवानको राजधानी ताइपेईस्थित संसद्भवन अगाडि पत्रकार सम्मेलन गर्दै चिनियाँ अत्याचारविरुद्ध आगामी मार्च १० मा प्रदर्शन गर्ने जानकारी दिइएको हो ।

तिब्बती आन्दोलन दिवसको मौका पारेर प्रदर्शन गर्न लागिएको हो । पत्रकार सम्मेलनमा तिब्बती धर्मगुरु दलाई लामाको कार्यालयका प्रतिनिधि केल्साङ ग्यात्सेन बावा र ताइवानको सत्तारुढ डेमोक्र्याटिक प्रोगेसिभ पार्टी डीपीपीका सांसद्हरु डा. लिन चिङ–यी, हुङ् सुन–हान तथा न्यु पावर पार्टीका सांसद् क्लारी वाङको सहभागिता थियो ।

सन् १९५९ मा चिनियाँ कम्युनिष्ट पार्टीको शासनविरुद्ध तिब्बतको राजधानी ल्हासामा भएको शान्तिपूर्ण प्रदर्शनको मौका पारी विश्वभर तिब्बती आन्दोलन दिवस मनाउने गरिन्छ ।

त्यसबाहेक शनिबार पनि ताइपेइमा विशाल प्रदर्शनको तयारी भइरहेको छ भने बुधबारमात्रै साइकल र्‍यालीको आयोजना गरिएको थियो ।