समाचार

लुटपाटमा सक्रिय ८ जनाको गिरोह पक्राउ

By खबरहब

March 04, 2022

काठमाडौँ – प्रहरीले काठमाडौँको नयाँ बजारबाट लुटेराको समूहलाई नियन्त्रणमा लिएको छ।

११ फागुनको साँझ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई आफूहरू प्रहरी भएको बताउँदै नगदसहित विभिन्न सामग्री लुटपाट गर्ने ८ जनालाई महानगरीय अपराध महाशाखा काठमाडौँको टोलीले पक्रेको हो।

पक्राउ पर्नेमा जुम्ला गुठीचौर गाउँपालिका ४ का देवीप्रसाद धिताल, धादिङ धुनेबेशि नगरपालिका ३ का शंकर रेग्मी, डडेलधुरा महाकाली नगरपालिका २ का हिक्मत महता, कञ्चनपुर शुक्लाफाँटा ४ का सुवास रतोकी, शुक्लाफाँटा २ कै मिलन बोहरा, पाँचथर याङ्गक गाउँपालिका ८ का लिम्बु भन्ने भविन्द्र बेगा, प्युठान गौमुखी गाउँपालिका ६ का भिटेन उपनाम राखेर संगित थापा भन्ने कमल सुनार रहेका छन् ।

उनीहरूको साथबाट ११ थान मोबाइल, एउटा घडी, एटीए कार्डलगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।