फाइल फोटो

राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

By खबरहब

March 04, 2022

काठमाडौं–  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी राष्ट्रियसभा गृहमा सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) केहीबेर अघि राष्ट्रिय सभागृह पुगेसँगै बैठक शुरु भएको हो। 

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अनुमोदनमा पार्टीले लिएको निर्णय र पदाधिकारी चयन लगायतबारे छलफल हुने जनाइएको छ। 

माओवादीले महाधिवेशन सम्पन्न गरेको लामो समय बितिसक्दापनि पदाधिकारी चयन गर्न सकेको छैन। एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएसँगै माओवादीमा विवाद बढेको छ। माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायत असन्तुष्ट नेताहरू छुट्टै छलफलमा छन्।