फाइल फोटो

मुख्य समाचार

एमसीसीले उत्पन्न दुर्घटना टर्‍यो, सत्ता गठबन्धन जोगियो’

By खबरहब

March 04, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको समर्थन गर्ने आफ्नो निर्णयको बचाउँ गर्दै एमसीसीको समर्थन गरेसँगै देशमा दुर्घटना टरेको र सत्तारुढ गठबन्धन सुरक्षित बनेको बताएका छन्।

माओवादी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीमा आफ्नो कुशल निर्णयले गर्दा मुलुकमा आइलागेको दुर्घटना पनि टरेको र गठबन्धन चुनावसम्मै लैजान सफल भएको दाबी गरेका छन् । उनको आफ्नो सही निर्णयले नेपालको राजनीतिले नै नयाँ कोर्स समातेको पनि दाबी गरे।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले खबरहबलाई दिएको जानकारी अनुसार प्रचण्डले माओवादीले एमसीसीमा समर्थन गरेसँगै मुलुक अन्योल र प्रतिगमनतिर फर्कने खतरा टरेको बताउँदै संविधानको, लोकतन्त्रको र राष्ट्रियताको रक्षाका आफूले एमसीसीमा समर्थन गर्ने निर्णय गरेको दाबी गरे ।

प्रचण्डले संकल्प प्रस्तावसमेत पारित गर्दै देशको राष्ट्रियतालाई कहिँ कतै आँच नपुर्‍याउने गरी एमसीसी पारित भइसकेकाले अब यो विषयमा रुमलिनु ठिक नभएको समेत दाबी गरे।