फाइल फोटो

आर्थिक

इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत

By खबरहब

March 04, 2022

काठमाडौँ– इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा आज सूचीकृत भएको छ ।

कम्पनीको साधारण शेयर ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको कम्पनीले जनाएको हो ।

सर्वसाधारणलाई बिक्री गरेको ५ लाख ५५ हजार ६०० कित्ता शेयर तथा कम्पनीका संस्थापकहरूको ५० लाख ४०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

यो कम्पनीको शेयरको ओपनिङ रेन्जका रूपमा प्रतिशेयर १०५ रुपैयाँ ११ पैसादेखि ३१५ रुपैयाँ ३३ पैसासम्म सीमा तोकिएको छ