देश/प्रदेश

थप १२६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

By खबरहब

March 04, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ७ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन्।