फाइल फोटो

राजनीति

पार्टीभित्र अल्पमतको विचारको पनि कदर हुन्छः नेकपा माओवादी केन्द्र

By खबरहब

March 04, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले पार्टीभित्रका फरक मत र विचारलाई छलफलमार्फत् टुंग्याउने बताएकी छन् ।

पार्टीको शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेतृ घर्तीले एमसीसीको विषयलाई लिएर पार्टीभित्र उत्पन्न भएको फरक मत र विचारलाई केन्द्रीय समिति बैठकमा छलफल गरेर निकास निकाल्ने बताएकी हुन् ।

एमसीसी व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएको विषय पनि बैठकको एजेन्डाका रूपमा प्रस्तुत भएको उनले जानकारी दिइन् ।

बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र अल्पमतको विचारको पनि कदर हुने बताएको घर्तीले जानकारी दिइन् ।

घर्तीले स्थानीय तहको निर्वाचनसम्म अहिलकै गठबन्धन कायम रहने पनि बताएकी छन् ।

उनले आगामी चुनावसम्म यही गठबन्धन कायम रहने र ठोस निर्णय भने हुन बाँकी रहेको बताइन् ।