तस्वीर- एएफपी ।

अन्तर्राष्ट्रिय

युक्रेनी राष्ट्रपतिको तीन हत्या प्रयास असफल, रुसी गुप्तचर एजेन्सी नै युक्रेन युद्धको विपक्षमा

By खबरहब

March 04, 2022

काठमाडौं– पछिल्लो एक सातामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तीन पटक हत्या प्रयास भएको खुलासा भएको छ । बेलायतको द टाइम्स अखबारले यस्तो दाबी गर्दै समाचार छापेको हो । सनसनीपूर्ण खुलासाअनुसार रुसी गुप्तचर एजेन्सीले नै युक्रेनी राष्ट्रपतिको हत्या प्रयास विफल बनाएको बताइएको छ ।

रुसी गुप्तचर एजेन्सी एफएसबीका वरिष्ठ अधिकारीहरु आफैँ युक्रेन युद्धको विपक्षमा रहेकाले उनीहरुकै सहयोगमा उनको हत्या प्रयास असफल भएको समाचारको दाबी छ ।

यसअघि आएका समाचारमा रुसले युक्रेनी राष्ट्रपतिको हत्या गर्न रुसले वाग्नर ग्रुप नामक निजी सैनिक कम्पनीका भाडाका ४ सय लडाकु परिचालन गरेको जनाइएको थियो ।

युक्रेनी सुरक्षा अधिकारीहरुले पनि जेलेन्स्कीको हत्या प्रयास विफल बनाइएको बताउँदै आएका छन् ।