तस्वीर- ब्लूमबर्ग

अन्तर्राष्ट्रिय

पुटिनको हत्या गर्न अमेरिकी सिनेटरको आह्वान

By खबरहब

March 04, 2022

काठमाडौं– अमेरिकी सिनेटर लिन्जी ग्राहमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गरेका छन् । उनले रुसका सैनिक अधिकारीहरुलाई लक्षित गरी ट्वीट गर्दै राष्ट्रपति पुटिनको हत्या गर्न आह्वान गरेका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘रुसमा कोही ब्रुटस छ ?’ । मार्कस जुनियस ब्रुटसलाई प्रथम रोमन सम्राट जुलियस सिजरको हत्यको षड्यन्त्र गर्ने प्रमुख व्यक्ति मानिन्छ । उनले ट्वीट गरेका छन् ।

‘कोही कर्नेल स्टाउफेनबर्ग भन्दा सफल छ ?’ कर्नेल क्लन भोन स्टाउफेनबर्गले दोश्रो दोश्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४४ मा नाजी तानाशाह हिटलरको असफल हत्या प्रयास गरेका थिए ।

‘यो सबको अन्त्य गर्ने एउटामात्रै उपाय उनलाई सिध्याउनु हो । तपाईँले तपाईको देश र विश्वका लागि ठूलो योगदान दिनुहुनेछ ।’ उनको ट्वीटमा उल्लेख छ ।