मुख्य समाचार

नेकपा माओवादी बैठकः एमसीसीमा चार नेताको लिखित असहमति

By खबरहब

March 04, 2022

काठमाडौँ– शुक्रबारबाट सुरु नेकपा माओवादी केन्द्रको बैठकमा चार नेताले एमसीसीबारे लिखित असहमति राखेका छन् ।

माओवादी प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन् । पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित असहमति राखेको उनीहरूको भनाइ छ ।

व्याख्यात्मक घोषणा गलत रूपमा पारित गरिएको नेताहरूको भनाइ छ ।

‘हामी पार्टीको निर्णय मान्छौँ । तर, मत सुरक्षित रहोस् भनेर लिखित रूपमा असहमति दर्ज गराएका छौँ’, बैठकपछि नेता गुरुङले भने, ‘एमसीसी रिजेक्ट हुनु पर्ने हो । यो राष्ट्रघाती सम्झौता नै हो । तर, व्याख्यात्मक घोषणा भन्दै गलत रूपमा पारित गरियो ।’

उनले व्याख्यात्मक घोषणाले नेकपा माओवादी केन्द्रले भन्दै आएको जसरी संशोधन नगर्ने र यसको कुनै कानुनी अर्थ नहुने तर्क गरे ।