तस्वीर- हिन्दुस्तान टाइम्स

अन्तर्राष्ट्रिय

भारतद्वारा युक्रेनबाट १० हजार ८ सय नागरिकको उद्धार

By खबरहब

March 04, 2022

काठमाडौं– भारतले युक्रेनमा जारी युद्धमा फसेका आफ्ना १० हजार ८ सय नागरिकलाई स्वदेश फिर्ता गरेको छ । अपरेशन गंगाको नामबाट भारतीय नागरिकलाई स्वदेश फिर्ता गरिएको भारतको केन्द्र सरकारले जनाएको छ ।

भारतीय वायुसेनाका तीन सी–१७ विमान तथा १४ नागरिक उडानबाट भारतीयहरूलाई स्वदेश ल्याइएको हो । भारत सरकारका अनुसार भारतीय वायुसेनाका सी–१७ विमानले ६ सय ३० तथा अन्य नागरिक उडानबाट ९ हजार ३ सय ६४ भारतीय नागरिकलाई उद्धार गरेको हो ।

यसबाहेक भारतले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई ९.७ टन राहत सामग्री समेत पठाएको जनाइएको छ ।

केही दिनअघिमात्रै पूर्वी युक्रेनको खार्किब शहरमा भएको गोलाबारीका क्रममा एक भारतीय नागरिकले ज्यान गुमाएपछि भारत सरकारले आफ्ना नागरिकको उद्धारमा तदारुकता देखाएको हो ।