राजनीति

नेपाली काँग्रेस अछामको सभापतिमा तीन जनाको उम्मेदवारी

By खबरहब

March 04, 2022

अछाम– नेपाली काँग्रेस अछामको जिल्ला अधिवेशनका उम्मेदवारहरूको मनोनय प्रक्रिया सकिएको छ ।

पार्टीको निर्वाचन समितिले जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति र महासमिति सदस्यहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।

७ औँ जिल्ला अधिवेशनअन्तर्गत सभापति पदका लागि ३ जनाको उम्मेदवारी परेको हो ।

पूर्वसभापति पुष्पबहादुर शाह, वर्तमान सभापति भरतकुमार स्वाँर र नेविसंघ अछामका पूर्वअध्यक्ष राजन कुवँरले सभापतिमा उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, दुई उपसभापतिका लागि ५ जनाको उम्मेदवारी परेको छ । जसमा चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साँउद, धनबहादुर शाह, नयाँराम बजगाई र ललितबहादुर कुवँर छन् ।

त्यसैगरी, दुई सचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

खस आर्य महिला सदस्यमा ५ जनामा ५ जनाको मात्रै उम्मेदवारी परेकाले उनीहरू सबै निर्विरोध निर्वाचित भएका छन् ।