फाइल तस्वीर ।

राजनीति

स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छ: नेता पौडेल

By खबरहब

March 04, 2022

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन नसक्ने बताएका छन् ।

पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ११ औँ स्मृति सभाका अवसरमा आज नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले  याे धारणा व्यक्त गरेका हुन् । ‘केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन, स्थानीय तहले नै आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन गर्न सक्छ’ उनले भने ।

नेता पौडेलले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि भ्रष्टाचार रोक्नुपर्ने बताए । आगामी निर्वाचनमा कांग्रेसले भ्रष्टाचार विरुद्धको एजेण्डालाई अगाडि सार्नुपर्ने उनको भनाइ थियो । ‘स्थानीय तहले विकासलाई गाउँगाउँमा लगेका छन्, विकाससँगै भ्रष्टाचार पनि बढिरहेको छ, यसलाई कांग्रेसले रोक्नुपर्छ’, उनले भने ।