क्रिकेट

विश्व चर्चित क्रिकेटर सेन वार्नको निधन

By खबरहब

March 04, 2022

एजेन्सी– विश्व चर्चित अष्ट्रेलियन क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ ।

लेग स्पिनर वार्न थाइल्याण्डमा रहेका बेला अचेत भेटिएका थिए । उनको मेडिकल टिमले धेरै प्रयास गर्दा पनि होस आउन नसकेपछि मृत घोषणा गरिएको थियो । 

वार्नले १५ वर्षे क्रिकेट करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए ।

एकदिवसीय क्रिकेटमा उनले १९४ खेलमा २९३ विकेट लिएका थिए ।

सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका वार्नले सन् २०१३ सम्म फ्रेन्जाइजी टी २० क्रिकेट खेलेका थिए ।