फाइल फोटो

अन्तर्राष्ट्रिय

जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

By खबरहब

March 04, 2022

काठमाडाैँ-  जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरे ।

सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच फोनमा कुराकानी भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।  शल्त्सले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ ।  

प्रवक्ताका अनुसार दुई नेताबीच करिब १ घण्टा कुराकानी भएको र चाँडै पुन: छलफल गर्ने सहमति भएको छ ।