फाइल फोटो

समाचार

१६ वटा युट्युव च्यानललाई कारबाही गर्न काउन्सिलबाट सिफारिस

By खबरहब

March 04, 2022

काठमाडौँ । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानलमाथि कारबाहीको सिफारिस गरेको छ ।

काउन्सिलले यी च्यानलहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा सिफारिस गरेको हो ।

शुक्रबार काउन्सिलले विज्ञप्ति निकाल्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्यानललाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ ।

काउन्सिलले भनेको छ, ‘हालसम्म विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्यक्तिलाई नकारात्मक असर पर्ने थप पीडा हुने देखिन्छ । जुन कार्यबाट पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ५ (११), ५ (४) र ४ (९) को ठाडो उल्लंघन भएको छ ।