खेलकुद

युभेन्ट्समाथि इन्टर मिलानको जित

By खबरहब

April 04, 2022

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले युभेन्ट्सलाई १-० गोल अन्तरले हराएको छ।

आइतबार राति भएको खेलमा हाकन काल्हानोग्लुले पहिलो हाफको इन्जुरी समयमै पेनाल्टीमार्फत निर्णयक गोल गरे ।

यस जितसँगै ३० खेलमा ६३ अंक जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ ।

युभेन्ट्स ५९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।