फाइल फोटो

राजनीति

राष्ट्रपति भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्दै

By खबरहब

April 04, 2022

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज काष्ठमण्डपको उद्घाटन गर्दै छिन्। पुनर्निर्माण सुरु भएको ३ वर्ष ८ महिनापछि निर्माण सकिएको हो। दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम राखिएको छ ।

०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त पारेको काष्ठमण्डपको २०७५ देखि पुनर्निर्माण सुरु गरिएको थियो। करिब साढे ११ करोड रुपैयाँको लागतमा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको पुनर्निर्माण समितिले जनाएको छ ।

काष्ठमण्डप पुनर्निर्माण गर्न विभिन्न ६ जिल्लाबाट ल्याइएका काठहरू प्रयोग गरिएको छ। अब एउटै काठले बनेको भन्ने किंवदन्ती हटेको छ । पुरातात्त्विक महत्त्वको काष्ठमण्डप काठै काठले बनेको थियो ।

भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौं शताब्दीका भएको तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको सो सम्पदाको जगमा भूकम्पबाट कुनै क्षति नपुगेको युनेस्कोको सहयोगमा बेलायतको दरह्याम विश्वविद्यालय र पुरातत्त्व विभागको टोलीले गरेको पुरातात्त्विक अनुसन्धानले पनि औँल्याएको थियो।