राजनीति

बाबुराम, वर्षमान र रेखाबीच जम्का भेट

By खबरहब

April 04, 2022

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई‚ नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन र राप्रपाकी नेतृ रेखा थापाबीच जम्का भेट भएको छ।

कुनै बेला एउटै पार्टीमा रहेका उनीहरुको भेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। हाल तीनै जना फरक-फरक पार्टीमा छन् ।

भेटको तस्बिर सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो लेखेका छन्, ‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासँग जम्काभेट, नलाऊ माया दुईतिर भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो।’