आर्थिक

सुनचाँदीकै मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

April 04, 2022

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीकै मूल्य घटेको छ ।

छापावाल सुन आज प्रतितोला ६ सय रूपैयाँले घटेर ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि ६ सय रूपैयाँले घटेर ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।