समाचार

‘निर्वाचनमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन’:अन्तर्राष्ट्रिय विकास साझेदार

By खबरहब

April 04, 2022

काठमाडौं – नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरूले आउँदो निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारलाई चन्दा नदिने घोषणा गरेका छन् ।

संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, जाइका, युके एड, कोइका लगायतका विकास साझेदारले संयुक्त बक्तव्य निकालेर आफ्ना कर्मचारी र परियोजनाहरूले चन्दा वा जिन्सी सहयोगको दबाब सामना गर्नु परेको बताएका छन् । उनीहरूले भनेका छन्, ‘आउँदो निर्वाचन वा कुनै पनि समयमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन ।’

आफ्ना कर्मचारीहरूप्रति लक्षित जबरजस्ती र धम्कीसमेत स्वीकार्य नहुने अन्तर्राष्ट्रिय विकास साझेदारहरूले बताएका छन् ।