तस्वीर- क्यान

क्रिकेट

नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

By खबरहब

April 04, 2022

काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनीसमक्ष १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गर्न आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन जोडेपछि पपुवा न्युगिनीले १६९ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए । ३८ बलको सामना गरेका उनले ५ चौका प्रशार गरे । यससँगै उनी नेपालका लागि टि–ट्वान्टी अन्तर्राष्ट्रियमा १ हजार रन हान्ने प्रथम खेलाडी समेत बनेका छन् ।

त्यस्तै नेपालका लागि करण केसीले ३३, आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन जोडे । पपुवा न्युगिनीका लागि सेमो कामेआले सर्वाधिक ३ विकेट लिए ।