सांकेतिक तस्बिर

अपराध

९० किलो लागुऔषध गाँजासहित एक जना पक्राउ

By खबरहब

April 04, 2022

काठमाडौँ– मकवानपुरको मनहरि गाउँपालिका–६ स्थित सडकखण्डबाट ९० किलो लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

आइतबार विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय मनहरि मकवानपुरबाट प्रहरी टोलीले चितवनबाट मनहरितर्फ आउँदै गरेको बिआर २५ जीए ३०९२ नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

उनका अनुसार पक्राउ परेका असगर ट्रक चालक हुन् । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।