सूचना-प्रविधि

भायानेटको नयाँ रिफरल योजना सार्वजनिक

By खबरहब

April 04, 2022

काठमाडौँ– भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन् ।

यस योजनाअन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुबैले एक महिनाको इन्टरनेट फ्रीमा पाउने छन् । साथै ९० दिनभित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक सफलतापूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् ।

ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ ।

भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन्।

त्यस्तै भायानेटले यस नयाँ रिफरल योजनामार्फत आफ्नो ग्राहक वर्गमा थप उत्साह भर्ने आशा लिएको छ ।