समाचार

थप ३३ जनामा कोरोना संक्रमण

By खबरहब

April 04, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दामा ३२ जना र २ हजार ११७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। त्यस्तै ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन्।