फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा थपिए ७ जना कोरोना संक्रमित

By खबरहब

April 04, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५ र भक्तपुरमा २ जना संक्रमित थपिएका हुन्। त्यस्तै सोहि अवधिमा ललितपुरमा कोहि पनि कोरोना संक्रमित छैनन्।

पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।