प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

क्षयरोग उन्मूलनमा अग्रणी जम्मु कश्मीरका तीन जिल्ला पुरस्कृत

By खबरहब

April 04, 2022

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरका तीन जिल्लाले क्षयरोग उन्मूलन गर्न उल्लेखनीय प्रयास गरेको भन्दै पुरस्कार जितेका छन् । जम्मु कश्मीरका तीन जिल्लाहरू अनन्तनाग, कुपवारा र पुलावामा जिल्लाले क्षयरोग उन्मूलन गर्न उल्लेखनीय प्रयास गरेको भन्दै पुरस्कार पाएका हुन् ।

यी जिल्लाहरूलाई स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले स्वर्ण पदकसहित पुरस्कृत गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । मध्य प्रदेश, महाराष्ट्र, पश्चिम बंगाल र केरला राज्यका गरी अन्य ५ जिल्ला पनि क्षयरोग उन्मूलन गर्नेमा उत्कृष्ट ठहरिएको एएनआईले जनाएको छ ।

यी जिल्लाहरूले पछिल्लो ५ वर्षमा ६० देखि ८० प्रतिशतसम्म क्षयरोगको संक्रमण दर घटाएको जनाइएको छ । अरु ५६ जिल्लाहरूलाई क्षयरोग कम गरेबापत रजत पदक वितरण गरिएको एएनआईले जनाएको छ ।