राजनीति

जथाभावी होइन सक्षम र योग्य उम्मेदवारलाई टिकट दिनुपर्छः कोइराला

By खबरहब

April 04, 2022

गण्डकी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सक्षम र योग्य उम्मेदवारलाई टिकट दिनुपर्ने बताएका छन् ।

पोखरामा सोमबार गण्डकी प्रदेश कांग्रेसले गरेको कार्यकर्ता भेटघाटमा नेता कोइरालाले जथाभावी टिकट नदिई सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्ने बताएका हुन् ।

उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएको भन्दै औचित्य र आवश्यकताका आधारमा निर्णय लिन कार्यकर्तालाई आग्रह गरे ।

उनले न्यायोचित तालमेल हुनुपर्ने पनि जिकिर गरे ।

२०७४ सालको चुनावमा माओवादीसँग गठबन्धन हुँदा काँग्रेस हारेको तर माओवादीलाई जिताएको भन्दै विगतमा भरतपुर महानगरपालिका जस्तो तालमेल गर्न नहुने पनि स्पष्ट पारे ।