फाइल तस्वीर

समाचार

अर्थमन्त्री शर्माले एमसीसीसम्बद्ध पदाधिकारीलाई भने– ‘एमसीसी छिट्टो कार्यान्वयनमा लैजानुस्’

By खबरहब

April 04, 2022

काठमाडौँ–अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

सोमबार नेपाल सरकार र एमसीसीसम्बद्ध पदाधिकारीहरूबीच भएको भर्चुअल बैठकमा मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

उनले परियोजना कार्यान्वयन अवधि एक वर्ष बाँकी रहे पनि धेरै विलम्ब गर्न नहुने बताएका छन् ।

एमसीसी चाँडै अगाडि बढ्छ भन्ने कुरामा जनतालाई विश्वास भइसकेकाले कार्यान्वयनका लागि समय नतोकेर छिट्टो अघि बढ्नुपर्ने पनि मन्त्री शर्माले बताए ।

एक वर्षे कार्यान्वयन अवधि लोमो समय भएको उनको भनाइ छ ।

बैठकमा अर्थमन्त्री शर्मा, एमसीसीका डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसीसीको नेपालस्थित राष्ट्रिय निमित्त निर्देशक सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेललगायत सहभागी थिए ।