पछिल्लो समय हाम्रो माझमा शाकाहारी भोजन र मांसाहारी भोजनमा कुन सही भन्ने बहस चल्न थालेको छ। यो बहस नेपालको मात्र होइन संसारकै हो। अझ बच्चाका लागि कस्तो वातावरणमा हुर्काउने र कुन भोजन सही भन्ने विषयमा धेरैको मत फरक हुनसक्छ। यो विषयमा यसै साता बाल रोग विशेषज्ञको जर्नलमा एक रिपोर्ट प्रकाशित भएको छ। रिपोर्ट अनुसार शाकाहारी डाइट र मांसाहारी डाइट खानेको वृद्धि, उचाई र शरीरमा आवश्यक खनिजको उपलब्धता बराबर पाइएको छ। तर, तौलको सवालमा भने शाकाहारी बच्चाको तौल कम पाइयो।
गएका २० वर्षमा विरुवामा आधारित डाइटको प्रचलन बढी रहेको छ। तर, यसले आवश्यक तत्त्व पाउने कुरामा धेरै परिवर्तन भएको डाटा क्यानडामा उपलब्ध भएको छैन। अध्ययन समूहका प्रमुख तथा टोरन्टोस्थित सेन्ट माइकल हस्पिटल अफ युनिटी हेल्थका बाल रोग विशेषज्ञ डा. जोनाथन माक्युरे विस्तृत पत्ता लगाउन अझ धेरै अध्ययन आवश्यक रहेको बताउँछन्।
रिपोर्ट अनुसार शाकाहारी डाइट र मांसाहारी डाइट खानेको वृद्धि, उचाई र शरीरमा आवश्यक खनिजको उपलब्धता बराबर पाइएको छ। तर, शाकाहारी बच्चाको तौल कम पाइयो।
६ वर्षदेखि ८ वर्ष उमेरमा ९ हजार बच्चाको अध्ययन गर्दै यो डाटा तयार गरिएको हो। सन् २००८ देखि २०१९ बीचको विभिन्न समयमा तयार गरिएको तथ्याङ्कको आधारमा यो रिपोर्ट अगाडि ल्याइएको हो। अध्ययनमा समावेश गराइएको बच्चाले प्रयोग गर्ने गरेको डाइटका बारे उनीहरूकै अभिभावकबाट जानकारी लिइएको थियो।
गएका वर्षमा उनीहरूको स्वास्थ्य परीक्षण गर्ने क्रममा बच्चाको शरीरको तौल लिइनुको साथै उचाइ कोलेस्ट्रोलको तह, भिटामिन डीलगायत खनिजका बारे पनि परीक्षण गरिएको थियो। आइरनको संरक्षण गर्ने र आवश्यक भएको समयमा शरीरबाट आइरनको प्रयोग गर्ने वातावरण बनाउने काम फेर्टीनेनले गर्छ ।
अध्ययनको क्रममा फेर्टीनेनको पनि परीक्षण भएको थियो। माउन्ट सिनाइ हेल्थ सिस्टमका अनुसार फर्टीनेनले अप्रत्यक्ष रूपमा रगतमा आइरनको मात्रा पनि नाप्छ। अध्ययनको सुरुवात गर्ने क्रममा २ सय ४८ जना शाकाहारी थिए। अध्ययन जारी रहेकै समयमा अन्य ३ सय ३९ जना शाकाहारी थपिए। उनीहरूलाई तीन महिना निगरानीमा राखिएको थियो। यो तीन महिनामा शाकाहारी मांसाहारीको बीचमा उचाइ, सेरम फर्टिनान र भिटामिन डीको मात्राको आधारमा कुनै फरक देखिएको थिएन। तर, शाकाहारीको शरीरको तौल भने मासु खानेको भन्दा कम हुने सम्भावना दुई गुणा बढी हुन्छ।
कम तौल हुनुको मतलब कुपोषणको लक्षण भएको तथा शरीरमा आवश्यक कुनै एक तत्त्वको अभाव भएको पनि हुनसक्ने कुरा पछिल्लो समय प्रकाशित एक रिपोर्टमा जनाइएको छ। तर, यसको पनि निष्कर्ष निकाल्न भने अझ धेरै अध्ययनको जरुरी हुनसक्छ। वृद्धि विकास र न्युट्रीसियनका सवालमा भोजन, डाइट र शारीरिक गतिविधिका बारे प्रस्ट भने यो डाटा अझ पूर्ण हुन सकेको छैन।
अध्ययनको सुरुवात गर्ने क्रममा २ सय ४८ जना शाकाहारी थिए। अध्ययन जारी रहेकै समयमा अन्य ३ सय ३९ जना शाकाहारी थपिए। उनीहरूलाई तीन महिना निगरानीमा राखिएको थियो। यो तीन महिनामा शाकाहारी मांसाहारीको बीचमा उचाइ, सेरम फर्टिनान र भिटामिन डीको मात्राको आधारमा कुनै फरक देखिएको थिएन।
शाकाहारी भोजन गर्नेको सामाजिक परिचय र पेसा तथा उनीहरूलाई शाकाहारी बन्न प्रेरित गर्ने विषयका बारे अध्ययन गरिएको थियो। यसले बच्चाको सर्वपक्षीय विकास र यसमा शाकाहारी भए बापतको लाभ या हानिका बारेको अध्ययनलाई अगाडि बढाउन पनि अहिलेको यो रिपोर्ट सहयोगी हुनसक्ने आकलन गरिएको छ।
कम तौल भएको शाकाहारी या मासु खाने गरेका दुवै थरी बच्चामा धेरै समानता पाइएका छन्। एसियाली मूलका मानिस धेरै शाकाहारी भएको तथा तौल कम भएका पाइएको छ। एकेडेमी अफ न्युटीसीयस एन्ड डाइटेटीक्सका प्रवक्ता एमी किम्बर्लेनले यो तथ्यका बारे जानकारी गराएका हुन्। यो अध्ययनमा किम्बरलेन आफै भने सहभागी छैनन्। ‘ उनीहरूको तौल र शारीरिक बनावटमा उनीहरूको जातीय पहिचानले पनि पक्कै असर गर्छ’, स्ट्यान्ड फोर्ड स्कुल अफ मेडिसिनकी बाल रोग विशेषज्ञ तथा सहायक प्राध्यापक डा. माया एडमले भनेकी छिन्। एसियाली बच्चा मध्य पूर्वी भारतीय मूलका तथा दक्षिण एसियाली क्षेत्रका बच्चा धेरै शाकाहारी बन्न चाहेको एडम बताउँछिन्। उनका अनुसार अमेरिका र भारतका बच्चाको वृद्धिमा नै फरक हुने गरेको छ। भारतमा ५ वर्षको बच्चाको औसत तौल १७ किलो तथा उचाई १ सय ८ सेन्टिमिटर हुने गरेको छ। तर, त्यसै उमेर उचाई भएको अमेरिकी बच्चाको औसत तौल १८ किलोग्राम छ।
बच्चाको सर्वपक्षीय विकास र यसमा शाकाहारी भए बापतको लाभ या हानिका बारेको अध्ययनलाई अगाडि बढाउन पनि अहिलेको यो रिपोर्ट सहयोगी हुनसक्ने आकलन गरिएको छ।
किम्बर्लेनले बच्चाको डाइट र उसको तौल बुद्धिलाई ध्यान दिएर हेर्नु पर्ने बताउँछन्। शाकाहारी खानेकुरा बच्चाको स्वास्थ्यका लागि एकदमै लाभदायक हुनसक्छ। यो निश्चित लागेर नै धेरैले यो रुचाएको हुनसक्छन्। मान्यता प्राप्त डाइटीसीयनको सहयोगमा उनीहरूले उपभोग गरेको मात्रा तथा त्यसको आधारमा उनीहरूको शरीरले प्राप्त गरेका सबै पदार्थ तथा उनीहरूको वृद्धिलाई लामो समय लगाएर निगरानी गर्न जरुरी छ। किम्बर्लेनकै विचारमा यदि हामीले हाम्रो छोराछोरीलाई शाकाहारी नै बनाउने हो भने उनीहरूलाई दैनिक नयाँ विकल्प दिन सक्नुपर्छ। यो विकल्प तरकारी या फलफूल दुवैमा दिन सक्छौँ।
यदि हामी हाम्रो बच्चालाई शाकाहारी खाने कुरा उपलब्ध गराउँछौ भने नियमित रूपमा डेरी उत्पादन पनि त्यत्तिकै आवश्यक छ। दूध, दही, पनिर त आवश्यक भई नै हाल्यो। अमेरिकामा हालै बच्चाको डाइटका लागि सरकारले नै गाइडलाइन तयार गरेको छ। त्यसै गाइडलाइन अनुसार फलफूल र गेडागुडीलाई जरुरी ठानिएको छ।
प्राकृतिक रूपमा पाइने बोटबिरुवाकै उत्पादनको रूपमा आइरन र भिटामिन बी १२ युक्त खाने कुरा जरुरी ठहरिएको छ। धेरै आइरन भएका हरियो सागपात र सखरखण्ड त आवश्यक ठहरिएको छ। दहीका साथमा अन्य दुग्ध पदार्थ तथा सेरलेक भिटामिन बी १२ का राम्रा श्रोत हुन्। क्यानडाले तयार पारेको गाइडलाइनमा दुग्ध उत्पादन र अण्डा मिसाउने हो भने शाकाहारी डाइट नै बच्चाका लागि उपयुक्त मानिएको छ।
प्राकृतिक रूपमा पाइने बोटबिरुवाकै उत्पादनको रूपमा आइरन र भिटामिन बी १२ युक्त खाने कुरा जरुरी ठहरिएको छ। धेरै आइरन भएका हरियो सागपात र सखरखण्ड त आवश्यक ठहरिएको छ।
त्यसो त चिकित्सकले बच्चाका लागि केही फलफूललाई उत्कृष्ट ठानेका छन्। केही समयको अन्तरालमा भए पनि यी फलफूल बच्चालाई अनिवार्य रूपमा दिनै पर्नेहुन्छ भिटामिन, सी, ई र बी भएका कारण एभोगार्डोलाई उत्कृष्ट फलफूल मानिन्छ। मस्तिष्कका लागि आवश्यक चिल्लो पदार्थ हुन्छ । यसमा रहेको चिल्लो पनले शरीरलाई आवश्यक लाभ दिन्छ।
बोन म्यारोमा रातो र सेतो कोष तयार गर्ने फोलेटका लागि एभोगार्डो अत्यन्त उपयुक्त ठहरिएको छ। यसले कार्बोहाइड्रेटलाई शक्तिमा परिचालन गर्न पनि सहयोग गर्छ। बाल्यकालमा टिनएजको सुरुवातमा तथा गर्भवती भएको समयमा एभोगार्डो अत्यन्त आवश्यक मानिन्छ।
सखरखण्ड स्वादिलो मात्र होइन अति आवश्यक पदार्थको श्रोत पनि हो। भिटामिन सी, बी ६ र तामा लगायतका शरीरका लागि अति आवश्यक पदार्थ सखरखण्डमा प्रशस्त पाइन्छ। इम्युन सिस्टमलाई सक्रिय गराउन तथा स्वास्थ्य छालाका लागि भिटामिन सी अति आवश्यक ठानिएको छ। यसमा रहेको भिटामिन बी ६ ले हेमोग्लोबीन निर्माणमा धेरै सहयोग पुग्छ। तामाले इम्युन सिस्टमलाई सुचारु गर्न तथा कतै सुन्निएको भए कम गर्न सहयोग गर्छ। गोलभेँडा अर्को अति आवश्यक खाद्य पदार्थ हो। यस खाद्य पदार्थमा एन्टी अक्सिडेन्ट लोयकोपीन हुन्छ। यसले फोक्सो, आन्द्रा तथा प्रोस्टेस क्यान्सरको जोखिमलाई कम गर्छ। मुटु रोगको जोखिमलाई पनि यसले कम गराउँछ।
कलिला जाँगर बच्चाका लागि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। यसमा भिटामिन ए र बेटा क्यारोटीन लगायत पदार्थ हुन्छ। भिटामिन एले आँखामा सहयोग पुग्छ। कोषको वृद्धिमा यसले सहयोग गर्छ भने मुटु, फोक्सो र मिर्गौलाको काम पनि यसले राम्रोसँग गर्छ। बेटा क्यारोटाइनले शरीरमा हुने बाह्य आक्रमणलाई पनि रोक्न सहयोग गर्छ।
गोलभेँडा अर्को अति आवश्यक खाद्य पदार्थ हो। यस खाद्य पदार्थमा एन्टी अक्सिडेन्ट लोयकोपीन हुन्छ। यसले फोक्सो, आन्द्रा तथा प्रोस्टेस क्यान्सरको जोखिमलाई कम गर्छ। मुटु रोगको जोखिमलाई पनि यसले कम गराउँछ।
हरियो केराउ पनि नियमित रूपमा उपभोग गर्नै पर्ने तरकारीको रूपमा रहेको छ। बच्चाका लागि त यो भने आवश्यक छ। यो भिटामिन सी र के को राम्रो श्रोत हो। आँखा मस्तिष्क र हाडमा त यसले काम गर्छ नै साथै मिर्गौलाको काम राम्रोसँग सञ्चालन गर्न पनि यसले सहयोग गर्छ।
यी केही टिप्स हाम्रो बच्चाका लागि हो। जङ्क फुड र अनावश्यक खानेकुरा बर्जित गर्नुको साथमा फलफूल, तरकारी र दुग्ध उत्पादनलाई जोड दिने हो भने हाम्रो बच्चालाई पनि पक्कै स्वास्थ्य र सुरक्षित भविष्य दिन सक्छौ। –सीएनएन, बीबीसीगुडफूडडटकम