क्रिकेट

आईपीएलमा आज बैंङ्लोर र चेन्नई खेल्दै

By खबरहब

May 04, 2022

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार रोयल च्यालेन्जर्स बैंङ्लोर र चेन्नई सुपर किङ्स खेल्ने भएका छन्। यो खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे पुणेमा हुनेछ।

अहिलेसम्म १० खेलमा ५ मा जित र ५ मा हार व्यहोरेको बैंङ्लोर १० अङ्कसहित तालिकाको छैठौं स्थानमा छ। यस्तै ९ खेलमा ३ मा जित र ६ खेलमा हार ब्यहोरेको चेन्नई ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ। राति भएको खेलमा भने पन्जाव किङ्सले गुजरात टाइटन्सलाई ८ विकेटले हराएको हो।

गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो। यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो।

जितसँगै पन्जाब १० खेलमा १० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। गुजरातको भने यो दोस्रो हार हो। गुजरात १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ।