मुख्य समाचार

आईजीपी नियुक्ति निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

By खबरहब

May 04, 2022

काठमाडौं- नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको गत आइतबारको निर्णयविरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

सिंहको नियुक्तिविरुaद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वोच्चले सुनुवाइका लागि बुधबार मिति तोकेको थियो।

वरिष्ठता मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेको दाबीसहित पोखरेल गत सोमबार सर्वोच्च पुगेका हुन्। सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा भएका थिए। मन्त्रिपरिषद्को आइतबारको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो।