फाइल फोटो

आर्थिक

सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

May 04, 2022

काठमाडौँ- सुनको भाउ बुधबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको भाउ भने स्थिर छ । मंगलबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।