काठमाडौँ- शहिद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाईनज युनाईटेड र झापा फुटबल क्लबले अंक बाडेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बिहान भएको खेलमा प्लानिङ र झापाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । प्लानिङका लागि प्रताप सिंह राईले १ गोल गरे भने झापाका लागि पेमा तामाङले १ गोल फर्काए ।
७० औँ मिनेटमा प्रतापले १ गोल गरेर प्लानिङलाई अग्रता दिलाए । खेलको ७७ औँ मिनेटमा झापाका लागि पेमाले १ गोल गरेर खेललाई बराबरीमा पुर्याए। झापाका पारस कार्की म्यान अफ द म्याच घोषित भए । स्पोर्ट्स एकेडेमी साँगा र सानेपा क्लब दिउँसो पौने १ बजे आम्ने सामने हुनेछन् ।
वीरगन्ज युथ एकेडेमी र स्वयम्भु क्लब दिउँसो ४ बजे भिड्नेछन् ।